Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • उखु र दूध किसानको बक्यौता तिर्न २ अर्ब निकासा

    उखु र दूध किसानको बक्यौता तिर्न २ अर्ब निकासा

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 42
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले दुग्ध तथा उखु किसानको बक्यौता तिर्न करिब २ अर्ब रुपैयाँ निकासा गरेको छ ।

    दुग्ध किसानहरूको बक्यौता रकम तिर्न शुक्रबार मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको हो।



    रकम निकासा भएसँगै उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउनेछन् ।



    उखु किसानले पाउनु पर्ने १ अरब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।

    सरकारले कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनु पर्ने रकमका लागि निकासा गरेको हो ।

    सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम बाँडफाँट स्वीकृत पाएको छ। उखु किसानले अनुदान बापत पाउनु पर्ने रकम दशैं अघि नै पाउने भएका छन्।

    त्यस्तै, मन्त्रिपरिषद् भदौ २० गते दुग्ध विकास संस्थान (डीडीसी)लाई दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार