Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

    सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 339
    SHARES

    काठमाडौं । सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर भारतबाट पक्राउ परेका छन् ।

    इन्टरपोलबाट रेड नोटिस जारी भएका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलबाट पक्राउ परेका हुन् ।



    मेयर नेपाली सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका थिए ।



    उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।

    पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएको नेपाल प्रहरी स्रोतले जनाएको छ ।

    मेयर नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी फरार रहेका थिए ।

    उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार