Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति

    छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 102
    SHARES

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालकसमेत रहेका जोशीलाई जिल्ला अदालत कास्कीले थप ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो ।



    सहकारी ठगीको आरोपमा जोशीलाई असोज ६ गते काठमाडौं शंखमुलबाट पक्राउ गरेर सोही दिन पोखरा पठाईएको थियो ।



    ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो ।

    प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो । तर अदालतले ७ दिन म्याद थप गरेको छ ।

    विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार