Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • काठमाडौं प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक, तीन हजार ७६५ प्रहरी परिचालन

    काठमाडौं प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक, तीन हजार ७६५ प्रहरी परिचालन

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 123
    SHARES

    काठमाडौं । चाडपर्वमा काठमाडौं प्रहरीले थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक गरेको छ ।

    दशैं, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले आज सुरक्षा योजना सार्वजनिक गरेका हुन्।



    काठमाडौं प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा ‘क्युआरटी’ टिम परिचालन गर्ने निर्णय गरेको छ।

    अनुसन्धानमा आवश्यक सामग्रीले सुसज्जित ७६ वटा ‘ई–क्यूआरटी’ टोली परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ ।

    चाडपर्व अवधिभर २४ वटा टोलीले मोबाइल भ्यानबाट गस्ती गर्ने गरी काठमाडौं प्रहरीले सुरक्षा योजना लागू गरेको छ ।

    काठमाडौं जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १० जनाको टिम परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ ।

    चाडपर्व सुरक्षाका लागि ३ दिनको लङ रुट पट्रोल र १ दिने सर्ट रुट पट्रोल गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रहरीले चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास तथा अवैध मदिरा बिक्री तथा वितरण महँगो भाडा असुलीजस्ता अपराध हुनसक्ने जनाएको छ ।

    त्यसरी हुने अपराधको घटना नियन्त्रण गर्न प्रहरीले सूचना पाएको ५ देखि १० मिनेटभित्र रेस्पोन्स गर्ने जनाएको छ । त्यसका लागि काठमाडौं र सम्भावित ठाउँलाई मध्यनजर गरेर ३ हजार ७६५ प्रहरी परिचालन गरिएको छ ।

    चाडपर्वमा एटिएम बुथ, गहना पसल, बस टिकट काउन्टर, खसी बजार, शक्ति पीठहरू, बसपार्क र बस पकेटलाई सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार