Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छ : परराष्ट्रमन्त्री राणा

    नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छ : परराष्ट्रमन्त्री राणा

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 51
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आन्तरिक रूपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताएकी छन् ।

    राष्ट्रसंघीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।



    उनले नेपालको संघीय संसद्ले हालै मात्रै संक्रमणकालीन न्यायसम्बन्धी विधयेक पारित गरेर पीडितमैत्री कानुन बनाएको उल्लेख गरिन् ।



    फोरमले यस वर्ष सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्रको पुनःमूल्यांकनः समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो ।

    मन्त्री राणाले भनिन्, “अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनुपर्दछ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार