Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट खारेज

    सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट खारेज

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 207
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद खारेजीको माग गरिएको रिट खारेज भएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बिहीबार रिट खारेज गरिदिएको हो ।



    सशस्त्रको ३० वर्षे सेवा हद हटाउन माग गर्दै अवकाशनजिक रहेका डीआईजी अभिकुमार खत्रीसहित चार जनाले गत भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



    नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाशको पत्र पाएका २१ प्रहरी अधिकृतले नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो ।

    यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो । सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरिदिएको थियो ।

    भदौ १६ गते ३० वर्षे सेवा अवधिकै कारण ९० जना प्रहरीहरु अवकास भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार