Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • अमेरिकासहितका देशको युद्धविराम प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

    अमेरिकासहितका देशको युद्धविराम प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 132
    SHARES

    एजेन्सी । इजरायलले लेबनानको विद्रोही समूह हिजबुल्लाहसँगको युद्धविराम आह्वानलाई अस्वीकार गरेको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनालाई पूर्ण शक्तिका साथ लड्न निर्देशन दिँदै युद्धविराम आह्वानलाई अस्वीकार गरेका हुन् ।



    उनले गएरातिको युद्धविराम आह्वानलाई लिएर कुनै प्रतिक्रिया नदिएको बताइएको छ । यस्तै प्रधानमन्त्री नेतान्याहुले गाजामा युद्धका लक्ष्यहरू प्राप्त नभएसम्म सङ्घर्ष जारी रहने बताए ।



    यसअघि इजरायल र लेबनानाको सीमामा चलिरहेको युद्ध रोक्न अमेरिकासहितका देशले युद्धविरामको प्रस्ताव राखेका थिए । तर इजरायलले यो प्रस्ताव अस्वीकार गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार