Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट साकिबले लिए सन्न्यास

    टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट साकिबले लिए सन्न्यास

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 81
    SHARES

    एजेन्सी । बंगलादेशका अलराउन्डर साकिब अल हसनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

    साकिबले भारतविरुद्ध कानपुरमा हुने दोस्रो टेस्टको अघिल्लो दिन क्रिकेटको सानो संरचनाबाट सन्न्यासको घोषणा गरेका हुन् ।



    यस्तै, साकिबले आगामी महिना दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने टेस्ट शृंखलापछि टेस्ट क्रिकेटबाट सन्न्यास लिने चाहनासमेत व्यक्त गरे ।



    ३७ वर्षीय अनुभवी अलराउन्डर साकिबले १२९ अन्तर्राष्ट्रिय खेलमा बंगलादेशको प्रतिनिधित्व गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार