Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विद्यार्थी संगठनलाई प्रचण्डले भने – तपाईं सडकको बाघ भएर निस्कनुस्, म संसदमा सिंह बन्छु

    विद्यार्थी संगठनलाई प्रचण्डले भने – तपाईं सडकको बाघ भएर निस्कनुस्, म संसदमा सिंह बन्छु

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 123
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने बताएका छन् ।

    बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले सोही अनुसार योजना र कार्यक्रम बनाउन विद्यार्थी संगठनलाई निर्देशन दिए ।



    विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने,‘अहिले वामपन्थी शक्तिलाई समाप्त गर्न प्रतिक्रियावादी शक्तिहरूले निकै षड्यन्त्र गर्दैछन् । त्यसको प्रतिवाद गर्न सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउनेछौँ । तपाईँ सडकको बाघ भएर निस्कनोस् । म संसदमा सिंह भएर निस्केको छु ।’

    उनले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार