Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विपद् न्यूनीकरण प्राधिकरणले भन्यो – शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउनू

    विपद् न्यूनीकरण प्राधिकरणले भन्यो – शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउनू

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 129
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन अपील गरेको छ ।

    मनसुन सक्रिय भएको र अत्याधिक वर्षाका कारण जोखिम निम्तिनसक्ने भन्दै प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन अपील गरेको हो।



    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ ।



    रातको समयमा यात्रा गर्दा पहिलो र बाढीको आँकलन गर्न कठिन हुने भएकाले रात्रिकालीन बस नचलाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।

    साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार