Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक

    स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 240
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो।



    उक्त कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।



    ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ ।

    त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ ।

    १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । मतदान शुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजे पछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार