Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • हनी ट्रयापिङको गिरोहसँग मिलेर रकम असुलेको खुलेपछि इन्सपेक्टर निलम्बनमा !

    हनी ट्रयापिङको गिरोहसँग मिलेर रकम असुलेको खुलेपछि इन्सपेक्टर निलम्बनमा !

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई निलम्बन सिफारिस गरिएको छ ।

    बलात्कार सम्बन्धी मुद्दामा मिलापत्र गरेर लाखौँ घुस लिएको आरोपपमा इन्सपेक्टर शाहीलाई भैंसेपाटी प्रभागको जिम्मेवारी खोसेर निलम्बन प्रक्रिया अघि बढाईएको हो ।



    ललितपुर प्रहरीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।



    इन्सपेक्टर शाहीमाथि हनी ट्रयापिङमा संलग्न समूहसँग मिलेर बलात्कारसम्बन्धि उजुरीमा मिलापत्र गरेर पैसा लिएको आरोप छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतकाअनुसार थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको हो ।

    यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समितिसमेत बनेको छ ।

    बलात्कार मुद्दा चलाउने भन्दै एक व्यक्तिलाई ल्याएर थुनामा राखी मिलापत्र गराएकी थिइन् ।

    करिब ३० लाख रुपैयाँ लेनदेनमा मिलापत्र भएको र त्यसमध्ये आधा रकम इन्स्पेक्टरलाई दिने सर्त रहेको खुलेको थियो।

    हनि ट्रयापमा संलग्न युवतीसहित दुई जनालाई ललितपुर प्रहरीले पक्राउ गरिसकेको छ ।

    यस्तै यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत रहेका बेला पनि इन्स्पेक्टर शाही विवादमा तानिएकी थिइन् ।

    उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा मुछिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार