Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ

    इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 654
    SHARES

    काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

    जबरजस्ती करणी र ठगी तथा सङ्गठित अपराध मुद्दामा परार रहेका उनीहरुलाई इन्टरपोलको समन्वयमा दुबईबाट पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेहरुमा ठगी सम्बन्धी मुद्दाका भुपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । रोमन कार्की भने जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हुन्।



    अनुसन्धानको क्रममा उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको खुलेको थियो ।

    अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

    इन्टरपोलको समन्वय पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि आज नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार