Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • जुवाखालबाट गाउँपालिकाका पूर्वअध्यक्षलाई पक्राउ गर्ने खापुङ ‘पुलिस अफ द मन्थ’

    जुवाखालबाट गाउँपालिकाका पूर्वअध्यक्षलाई पक्राउ गर्ने खापुङ ‘पुलिस अफ द मन्थ’

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 570
    SHARES

    विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जुवाको खालबाट गाउँपालिका पूर्वअध्यक्षलाई पक्राउ गर्ने प्रहरी जवानलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

    पूर्ववडाध्यक्षलाई पक्राउ गरेका टीकाराम खापुङ भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।



    भदौ २९ गते मोरङको ग्रामथान गाउँपालिका–४ स्थित जुवा खालबाट ग्रामथानकै पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जनालाई प्रहरीले नियन्त्रण लिएको थियो ।



    प्रहरीले जुवाको खालबाट १६ थान कौडा र १८ लाख ४९ हजार ५०० रुपैयाँसमेत बरामद गरेको थियो । खापुङले यस प्रकरणको सूक्ष्म रूपमा सूचना संकलन गरेको जनाइएको छ ।

    यस्तै भदौ ६ गते सुनसरीको धरान उपमहानगरपालिका १३ स्थित कोशी लोकमार्गमा हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरिएको थियो । अन्य घटनामा पनि खापुङले नै सूचना संकलन गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार