Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • कुवेतबाट फर्किएका युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुवा घाइते

    कुवेतबाट फर्किएका युवकले गरे गोली हानी श्रीमतीको हत्या, बुवा घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 660
    SHARES

    सर्लाही । सर्लाहीमा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका( ५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली लागेर युवकको बुवा पनि घाइते भएका छन् । साथीसँगै गएराति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका यादवले श्रीमती चित्रलेखालाई गोली हानेको बताइएको छ ।



    सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।



    टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको छ भने गोली लागेर घाइते भएका रामदिनेश रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

    गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको बताइएको छ ।

    श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि कुवेतबाट घर फर्किएको बुझिएको छ । तर उनी केही दिन घरमा बसेर घरायसी विवाद भएपछि भाततिर लागेका थिए । बुधबार भने साथिसँगै घर पुग्न साथ धीरेन्द्रले श्रीमतीलाई गोली हानेको बुझिएको छ । प्रहरी टोली अहिले घटनास्थलमै छ ।

    मृतक चित्रलेखाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार