Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • राजनीतिक अस्थिरता अन्त्य गर्न प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ : सिके राउत

    राजनीतिक अस्थिरता अन्त्य गर्न प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ : सिके राउत

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 45
    SHARES

    वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने व्यवस्थाको माग गरेका छन् ।

    बुधबार वीरगन्जमा जनमत पार्टी पर्साले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै राउतले यस्तो माग गरेका हुन् ।



    उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने व्यवस्था गरिएमा राजनीतिक अस्थिरता अन्त्य हुने र मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने बताए ।



    संवैधानिक निकायका प्रमुहरू पनि जनताद्वारा नै प्रत्यक्ष निर्वाचित हुनुपर्ने माग जनमत पार्टीको रहेको अध्यक्ष राउतले स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार