Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • भैंसेपाटी प्रभागका इन्स्पेक्टरमाथि लाखौँ लिएको आरोपमा छानबिन

    भैंसेपाटी प्रभागका इन्स्पेक्टरमाथि लाखौँ लिएको आरोपमा छानबिन

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीमाथि लाखौँ घुस लिएको आरोपमा छानबिन सुरु भएको छ ।

    बलात्कारसम्बन्धि उजुरीमा मिलापत्र गरेर पैसा लिएको आरोप उनीमाथि लागेको छ । ललितपुर परिसरले उनीमाथि छानबिन थालेको छ।



    स्रोतका अनुसार बलात्कार मुद्दा चलाउने भन्दै एक व्यक्तिलाई ल्याएर थुनामा राखी मिलापत्र गराएकी थिइन् । करिब २० लाख रुपैयाँ लेनदेनमा मिलापत्र भएको र त्यसमध्ये आधा रकम इन्स्पेक्टरलाई दिने सर्त रहेको खुलेको छ ।



    प्रारम्भिक छानबिनमा घटना गम्भीर देखिएपछि उनलाई हटाएरै कारबाही गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले बताए ।

    यस्तै यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत रहेका बेला पनि इन्स्पेक्टर शाही विवादमा तानिएकी थिइन् । उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा मुछिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार