Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • अलराउन्डर वरियतामा सन्दीप लामिछानेको छलाङ

    अलराउन्डर वरियतामा सन्दीप लामिछानेको छलाङ

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 273
    SHARES

    काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिएका हुन् ।



    अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ, सोमपाल कामी ५३,औँ करण केसी ७६औँ, गुलशन झा ९०औँ र ललित राजवंशी ९४औँ स्थानमा छन् ।



    दीपेन्द्र र कुशल ६ स्थान तल झरेका छन् । यस्तै करणले ११, गुलशनले १३ र ललितले एक स्थान सुधारगरे । वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार