Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • एएफसी यु-२० एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित

    एएफसी यु-२० एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 117
    SHARES

    काठमाडौं । एएफसी यु-२० एसियन कप फुटबल छनोटको आफ्नो तेस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।

    चाइनिज ताइपेइमा भइरहेको खेलमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित भएको हो ।



    पहिलो २० मिनेटपछि नै नेपाल दश खेलाडीमा समेटिएको थियो ।



    नेपालका सविन घिमिरेले बल रोक्ने क्रममा बल हातले रोकेपछि उनले सिधै रातो कार्ड सामना गरेका थिए । त्यसका उज्वेकिस्तानले पेनाल्टी पाएको थियो ।

    तर उरिनबोएभको पेनाल्टी प्रहार नेपालका गोलकिपर जियरात शेखले बचाएका थिए ।

    तर साइदुमार्खोन साइदनुरल्लायभले २४ औं र २७ औं मिनेटमा लगातार गोल गर्दै उज्वेकिस्तानलाई २-० को अग्रता दिलाए ।

    २९ औं मसनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३-० को अग्रता बनायो । नेपालले रक्षात्मक खेल्दै उज्वेकिस्तानलाई रोक्ने प्रयास गरेपनि दोस्रो हाफमा थप तीन गोल व्यहोर्‍यो ।

    समूह बीमा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार