एजेन्सी । भारतको जम्मू कश्मीर विधानसभा चुनावको दोस्रो चरणमा आज २६ सिटमा मतदान जारी छ ।
निर्वाचन आयोगले यी २६ सिटमा मतदानका लागि ३ हजार ५ सय मतदान केन्द्र बनाएको छ ।
यस चरणमा राजौरी, पुन्च, रियासी, गन्दरबल, श्रीनगर र बडगाम जिल्लाका विधानसभा क्षेत्रहरूमा २३९ उम्मेदवारहरू चुनावी मैदानमा छन्। यी सिटमा २५.७८ लाख मतदाता छन् ।
मतदानलाई ध्यानमा राख्दै सम्पूर्ण जम्मू कश्मीर र पीर पञ्जाल उपत्यकामा कडा सुरक्षा व्यवस्था गरिएको छ।
Leave a Reply