Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • ८० हजार घुससहित वडाध्यक्ष अख्तियारको फन्दामा

    ८० हजार घुससहित वडाध्यक्ष अख्तियारको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 153
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

    आयोगको इटहरीबाट खटिएको टोली सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष ओलीलाई पक्राउ गरेको हो ।



    ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहान समेत पनि पक्राउ परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।



    दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार