Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • दक्षिण कोरियालाई परराष्ट्रमन्त्री राणाको आग्रह – नेपालमा थप लगानी गरौँ

    दक्षिण कोरियालाई परराष्ट्रमन्त्री राणाको आग्रह – नेपालमा थप लगानी गरौँ

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 33
    SHARES

    काठमाडौं । नेपालमा थप लगानी गर्नको लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण कोरियालाई आग्रह गरेकी छन् ।

    संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणाले दक्षिण कोरियाका विदेशमन्त्री चो तेई–युलसँग भएको साइडलाइन द्विपक्षीय भेटवार्तामा सो आग्रह गरेकी हुन् ।



    उनले दक्षिण कोरियालाई नेपालमा थप लगानी गर्न र थप पर्यटन आउनको लागि आग्रह गरिन् ।



    नेपाली श्रमिक र विद्यार्थीहरुलाई दक्षिण कोरियाले भित्र्याउन खेलेको भूमिकालाई लिएर मंगलबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री राणाले धन्यवाद दिएकी हुन् ।

    यस्तै, परराष्ट्रमन्त्री राणाले फिलिपिन्सका विदेश सचिव इन्रिक ए. मनालोसँग पनि साइडलाइनमा भेटवार्ता गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार