Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • नेपाल र ओमानको खेल वर्षाका कारण रद्द, दुवै टिमले बाँडे अंक !

    नेपाल र ओमानको खेल वर्षाका कारण रद्द, दुवै टिमले बाँडे अंक !

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 66
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

    क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण हुन सकेन ।



    खेल रद्द भएपछि दुवै टोलीले १–१ अङ्क बाडेका छन् ।



    पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले हारेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।

    ८ वटा टोली सहभागि लिग–२ को अङ्क तालिकामा नेपाल ८ खेलमा ३ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा यथावत् छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार