Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु, म भागेको छैन : रवि लामिछाने

    गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु, म भागेको छैन : रवि लामिछाने

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 324
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनधिकृत रुपमा गोर्खा मिडियामा आएको पैसाको विषयमा आफूले जिम्मेवारी लिने बताएका छन् ।

    मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै उनले गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी आफूले लिने बताएका हुन् । संसदीय विशेष छानबिन समितिले आफूले अनधिकृत रुपमा सहकारीबाट पैसा नल्याएको प्रतिवेदन दिएको पनि उनको भनाई छ ।



    ‘समितिले सहकारी ठगीमा मेरो संलग्नता छैन भनेको छ । समितिकै सभापति सूर्य थापाले अन्तर्वार्तामा भनिसक्नुभयो,’लामिछानेले भने, ‘म संस्थामा भएको बेला आएको पैसाको जिम्मेवारी लिन्छु । कार्यरत भएको बेलाको जिम्मेवारी लिन्छु, म भागेको छैन । समितिको कुरा अक्षरशः पालना गर्नुपर्छ । यसका लागि कमिटेड छु ।’



    आफू कार्यरत रहेको बेलामा पैसा आएको विषयमा कानूनी कारबाहीको सिफारिस गरेको विषय मान्ने पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले स्पष्ट पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार