Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

    भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 162
    SHARES

    फाइल तस्विर

    झापा । प्रहरीले झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    बीएण्डसी अस्पतालका सञ्चालकसमेत रहेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बलले झापाको यातायात बन्दको घोषणा गरेका थिए ।



    ट्रक आगजानीमा संलग्न रहेको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बलमा आवद्ध झापा हल्दिवारी गाउँपालिका– १ का ४० बर्षीय भिम लिम्बू तुम्वापो र झापा बिर्तामोड नगरपालिका–७ का ३९ बर्षीय बिजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दका अनुसार पक्राउ परेका दुवै जनलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको छ।

    ट्रक आगजानीमा संलग्न केही व्यक्ति फरार रहेको र खोजीकार्य जारी रहेको उनले बताए ।

    सो समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए ।

    आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार