Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • एभरट्रष्ट सहकारीका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

    एभरट्रष्ट सहकारीका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 90
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    सीआईबीले जिल्ला अदालत काठमाडौंमा सहकारीको रकम अपचलन गरेको आरोपमा संस्थाका ६ जना पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।



    उनीहरुविरुद्ध १६ करोड ५६ लाख ८७ हजार २ सय ४५ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको सीआईबी स्रोतले जनाएको छ ।



    सीआईबीले १५ भदौमा सहकारी उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाइ डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाँल, सदस्य रामलाल महर्जन र अर्का सदस्य अमरभाइ बज्राचार्यलाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका पाँचका साथै हाल फरार सहकारी अध्यक्ष दीपक थापा मगरविरुद्ध मुद्दा दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार