Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 51
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले न्युयोर्कमा रहेका बेला नेपाली समुदायका विभिन्न सङ्गठनको ध्यानाकर्षणपत्र बुझ्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।



    हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समितिलगायतका संस्थाबाट माग गरेको थियो ।



    महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरुले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन् ।

    प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार