Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • समयसीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने त्रिविको निर्णय

    समयसीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने त्रिविको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 309
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने भएको छ।

    त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिको बैठकले उक्त निर्णय गरेको हो ।



    बैठकले त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरूको हकमा उक्त अवसर दिइने निर्णय गरेको छ।



    वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाल अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षा दिन पाउने छन् ।

    बैठकले त्रिविको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार