Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा

    दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 219
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ ।

    प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको हो।



    न्यायाधीश राउतको एकल इजलासमा उक्त रिट निवेदन सुनुवाइ हुने भएको छ । दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।



    प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो ।

    विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो ।

    उनीमाथि साइबर अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार