Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • लेबनानमा इजरायली आक्रमणबाट मारिनेको संख्या ४९२ पुग्यो

    लेबनानमा इजरायली आक्रमणबाट मारिनेको संख्या ४९२ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 69
    SHARES

    तस्विर : एजेन्सी

    एजेन्सी । लेबनानमा इजरायली आक्रमणमा मारिनेको सङ्ख्या चार सय ९२ जना पुगेको छ ।

    लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएका छन् ।



    यसले कति हताहत सर्वसाधारण वा लडाकुहरू थिए भन्ने यकिन भएको छैन । त्यहाँ भएको यो घटना २० वर्षको द्वन्द्वको सबैभन्दा घातक दिन भएको समेत जनाएको छ ।



    प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरु हिंसामा तानिएका थिए ।

    इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार