Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • रहस्यमय हत्याको सफल अनुसन्धान : एसपी बिष्टसहित चार प्रहरी पुरस्कृत

    रहस्यमय हत्याको सफल अनुसन्धान : एसपी बिष्टसहित चार प्रहरी पुरस्कृत

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 798
    SHARES

    धनगढी । रहस्यमय हत्याको सफल अनुसन्धान गरेको भन्दै कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टसहितका चारजना प्रहरी पुरस्कृत भएका छन् ।

    डडेल्धुराको अमरगढी नगरपालिका–२ घर भएर धनगढी बस्दै आएकी ३१ वर्षीया बिमा थापामगर मृत भेटिएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी बिष्टसहितका चार जना प्रहरीलाई पुरस्कृत गरिएको हो ।



    एसपी बिष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेकर्डमा जनिने गरि नगदसहित सम्मान गरेको हो भने अन्य तीन जनालाई जिल्ला प्रहरी कार्यालयले नगदसहित रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो ।



    बिष्टले उपलब्ध स्रोत साधनको उचित प्रयोग गरि एक वर्षदेखि रहस्यमा रहेको युवती मृत्युको घटनाको अनुसन्धान गरेर निष्कर्षमा पुगाएकाले प्रहरी नियमावलीअनुसार पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै, जिल्ला प्रहरी कार्यालयले पनि सोही घटनाको अनुसन्धानमा संलग्न प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्द, प्रहरी सहायक हवल्दारद्धय महेश चन्द र सन्तोश महरालाई नगदसहित पुरस्कृत गरेको छ ।

    ६ मंसिर २०८० मा धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा डडेल्धुराकी बिमा थापामगर मृत फेला परेकी थिइन् ।

    सो घटनामा संलग्न रहेको आरोपमा संजिव चौधरी र जनक देउवालाई प्रहरीले झण्डै एक वर्षदेखि पक्राउ गरेर आइतबार सार्वजनिक गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार