Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कैलालीमा दुई महिनामै ८१ जना लागुऔषधसहित समातिए

    कैलालीमा दुई महिनामै ८१ जना लागुऔषधसहित समातिए

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 108
    SHARES

    धनगढी । कैलालीमा दुई महिनाको अवधीमा लागुऔषध सम्बन्धी मुद्दामा ८१ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा लागुऔषध सम्बन्धीका ५३ मुद्दामा ८१ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको हो ।



    आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले लागुऔषधको कारोबार तथा सेवनमा संलग्न ८१ जनालाई पक्राउ गरि मुद्दा चलाइएको जानकारी दिए । बिष्टले पक्राउ पर्नेमा दुई जना महिला र ७९ जना पुरुष रहेको बताए ।



    उनकाअनुसार साउनमा दर्ता भएका ३३ वटा मुद्दामा ४७ जना र भदौमा दर्ता भएका २० मुद्दामा ३४ जनालाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट विभिन्न खालका लागुऔषध समेत बरामद गरिएको छ ।

    भदौमा मात्र २० किलो ८९९ ग्राम चरेस, साढे १५ ग्राम खैरो हेरोईन, १९ क्याप्सुल ट्रमाडोल बरामद गरिएको एसपी बिष्टले बताए । उनकाअनुसार साउनमा ३८ ग्राम ३७० मिलीग्राम चरेस, १९ ग्राम ९३० मिलीग्राम खैरो हेरोईन, १२ वटा फेनागन एम्पुल, ५ ट्यावलेट नाइट्रोभेट लगायतका लागुऔषध बरामद गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार