Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • सुदूरपश्चिमको पोस्टमा एपीएफले हान्यो १९ गोल

    सुदूरपश्चिमको पोस्टमा एपीएफले हान्यो १९ गोल

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 186
    SHARES

    काठमाडौं । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ ।

    ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई १९–० गोलले हराएको हो ।



    एपीएफका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले समान चार, प्रीति राईले ह्याट्रिक, सबिता राना मगर र कुसुम खतिवडाले समान दुई गोल गरे । यस्तै सरु लिम्बु र रेनुका हमालले समान एक गोल गरे । एपीएफले दुई गोल आत्मघाती उपहार पायो ।



    यो जीतसँगै एपीएफ ८ खेलमा अविजित रहँदै २२ अङ्कका साथ शीर्ष स्थानमा छ । सुदूरपश्चिम लगातार आठ हारसहित अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार