Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • दुर्गा प्रसाईंको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर

    दुर्गा प्रसाईंको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 513
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्नुपर्ने माग गर्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

    गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको हो।



    सोमबार बिहान प्रसाईं पक्षका कानून व्यवसायीहरुले अदालतमा रिट निवेदन दिएका छन् ।



    तर, उनको निवेदन दर्ता भइसकेको भने छैन । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो ।

    विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार