Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • रवि लामिछानेविरुद्ध चितवन प्रहरीले पनि थाल्यो अनुसन्धान

    रवि लामिछानेविरुद्ध चितवन प्रहरीले पनि थाल्यो अनुसन्धान

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 390
    SHARES

    काठमाडौं । संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वायनमा गएसँगै पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ ।

    गृहमन्त्री रमेश लेखकले नै लामिछानेमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।



    गृहमन्त्रीकै निर्देशनपछि आइतबार गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन् ।



    कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । जोशीको बयानपछि लामिछानेको हकमा निर्णय लिने प्रहरी तयारी छ ।

    त्यस्तै, चितवन प्रहरीले पनि लामिछानेमाथि अनुसन्धान थालेको छ । जिबी राई समूहले सञ्चालन गरेको चितवनको साहारा चितवन सहकारीबाट पनि गोर्खा मिडियामा पैसा गएको हो ।

    सो पैसा टेलिभिजनका प्रबन्ध निर्देशकका रुपमा उनले अपचलन गरेको अभियोग रविमाथि लागेको छ ।

    स्रोतका अनुसार साहारा सहकारीको अनुसन्धान प्रतिवेदन केही दिनमै बुझाउन लागिएको छ । सोही कारण चितवन प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार