Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा महिला क्लब च्याम्पियनशिपको विजेता पुलिस टोली आज स्वदेश फर्कंदै

    काभा महिला क्लब च्याम्पियनशिपको विजेता पुलिस टोली आज स्वदेश फर्कंदै

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 63
    SHARES

    काठमाडौं । माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनशिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश फर्किदैछ ।

    पुलिस टोली अहिले बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल सङ्घले जानकारी दिएको छ ।



    माल्दिभ्सको मालेमा अस्ति शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।



    पुलिस अपराजित रहँदै विजेता बन्न सफल रह्यो । त्यसअघि लिग चरणमा पुलिसले पहिलो हुमोलाई ३–० दोस्रो श्रीलङ्का एयर फोर्स र तेस्रोमा ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो ।

    नेपाल पुलिसले घरेलु टोली वाम्कोसँग ३–२ सेटको जित निकालेको थियो भने  आफ्नो अन्तिम खेलमा अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार