Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • प्रहरी भन्छ – सहकारी ठगीमा संलग्न पूर्वडीआईजी जोशी विदेश भाग्ने तयारीमा थिए

    प्रहरी भन्छ – सहकारी ठगीमा संलग्न पूर्वडीआईजी जोशी विदेश भाग्ने तयारीमा थिए

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 189
    SHARES

    ​​​काठमाडौं । सहकारी ठगीमा संलग्न गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी विदेश भाग्ने तयारी गरिरहेकै बेला पक्राउ परेको खुलेको छ ।

    अमेरिकन पीआर होल्डर बन्जाडेलाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको शंखमुल स्थितबाट नियन्त्रणमा लिइएको थियो । उनलाई जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पूर्व डीआईजी समेत रहेका छविलाल विदेश जान लागेको भन्ने गोप्य सूचनाको आधारमा शंखमुल स्थितबाट नियन्त्रणमा लिइएको थियो ।



    कास्की प्रहरीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जोशीलाई जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्की सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । सहकारी ठगी छानबिन विशेष समितिले जोशीलाई कारबाहीको सिफारिस गरेको थियो ।

    उनी गोरखा मिडियाका अध्यक्ष जीबी राई र रवि लामिछानेका पार्टनर हुन् । संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक छविलाल जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार