Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • गरिबी निवारणका लागि उत्पादन वृद्धि गरी औद्योगिकीकरण गरिनुपर्छ : प्रधानमन्त्री ओली

    गरिबी निवारणका लागि उत्पादन वृद्धि गरी औद्योगिकीकरण गरिनुपर्छ : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 63
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गरेका छन् ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको सत्रलाई सम्बोधन गरेका हुन् ।



    यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गरेका थिए । उनले अल्पविकसित देशका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादनवृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिए ।



    प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकसित देशहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भइ विकसित देशले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गरे ।

    उनले लाखौँ बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औल्याउँदै गरिबी निवारणमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार