Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • भारत-नेपाल मित्रता धेरै बलियो छ, हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ : मोदी

    भारत-नेपाल मित्रता धेरै बलियो छ, हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ : मोदी

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 54
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूयोर्कमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकै राम्रो भेट भएको बताएका छन् ।

    उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो बताएका हुन् ।



    उनले आफूहरुको वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको बताए । ‘भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ,’ उनले उल्लेख गरेका छन् ।



    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका ओली र मोदीबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार