Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • आईसीसी विश्वकप लिग-२ : क्यानडाविरुद्ध संकटमा नेपाल

    आईसीसी विश्वकप लिग-२ : क्यानडाविरुद्ध संकटमा नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 141
    SHARES

    काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्धको दोस्रो खेलमा सङ्कटमा परेको छ ।

    किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ औं ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर मात्र ६२ रन बनाएको छ ।



    कप्तान रोहित पौडेल ११ बलमा १ चौकासहित ४ रनमा रन आउट भए। आरिफ शेखले १२ बलमा मात्र दुई रन जोडे।



    अनिल साह १, अर्जुन साउद १० र भीम सार्की ४ रनमा आउट भए। नेपालका शीर्ष तीन ब्याटरले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

    आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् । यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार