Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने रास्वपाको निर्णय

    सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने रास्वपाको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 498
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सरकारको निर्णयको प्रतिवाद गर्ने भएको छ । आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

    रास्वपाले सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने बैठकपछि उपसभापति डीपी अर्यालले जानकारी दिए । उनले सरकारले मिडिया ट्रायल गरिरहेको आरोप लगाए ।



    संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक छविलाल जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो ।



    पूर्वडीआईजी छविलाललाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार