Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • माछापोखरीको फ्लोरिडा डान्सबारमा लुटपाट धन्दा, सञ्चालकसहित ३ जना पक्राउ

    माछापोखरीको फ्लोरिडा डान्सबारमा लुटपाट धन्दा, सञ्चालकसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 225
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका सञ्चालक सरद तामाङसहित तीनजना लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

    उनीहरूले ग्राहकबाट अनुचित रकम असुल गर्ने, रकम नदिएमा कुटपिट गर्ने र ज्यान लिने धम्की दिने गुनासो आएको थियो ।



    सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार सो रेष्टुरेन्टमा छापा मारेको थियो ।



    त्यस क्रममा प्रहरीले रेष्टुरेन्टका सञ्चालक तामाङ र उनका दुई सहयोगी कृष्ण तामाङ र अजय तामाङलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका तीनै जना काभ्रेपलाञ्चोक जिल्लाका बासिन्दा हुन् । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार