Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • सभापति पक्राउ पर्ने हल्लाले रास्वपामा तरंग, नेताकार्यकर्ता केन्द्रीय कार्यालयमा

    सभापति पक्राउ पर्ने हल्लाले रास्वपामा तरंग, नेताकार्यकर्ता केन्द्रीय कार्यालयमा

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 405
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताकार्यकर्ता पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा भेला भएका छन् ।

    गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक रहेका छविलाल जोशी पक्राउ परेपछि सभापति लामिछानेसहित केन्द्रीय नेताहरू पार्टी कार्यालय पुगेका हुन् ।



    आइतबार बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले ह्वाट्स एपमा सन्देश पठाउँदै काठमाडौं उपत्यकामा रहेका आफ्ना नेताकार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय आउन निर्देशन दिएका थिए ।



    पूर्वडीआईजी छविलाल पक्राउ परेको सूचना आएलगत्तै सभापति लामिछाने पार्टी केन्द्रीय कार्यालय पुगेको बुझिएको छ ।

    संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक छविलाल जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

    यस्तै पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पनि पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार