Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • रविलाई पक्राउ गर्न प्रहरी परिचालन, रास्वपाले बोलायो आकस्मिक भेला !

    रविलाई पक्राउ गर्न प्रहरी परिचालन, रास्वपाले बोलायो आकस्मिक भेला !

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 699
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

    सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हो ।



    प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए । प्रहरीले रवि लाछिानेलाई पक्राउ गर्नका लागि काठमाडौं जिल्ला अदालतमा अनुमति मागेको छ। तर लामिछानेविरुद्ध कास्की प्रहरी कार्यालयमा परेको पूरक जाहेरीका आधारमा पक्राउ गर्न खोजिएको बताइएको छ ।



    संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक छविलाल जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो । पूर्वडीआईजी छविलाल भने आज पक्राउ परिसकेका छन् ।

    उनलाई आज साँझ ८ बजे बुद्ध एयरको उडानमार्फत पोखरा लग्ने तयारी छ । साथै काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार