Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

    बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 54
    SHARES

    हेटौँडा । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ ।

    मुख्यमन्त्री बहादुरसिंह लामा, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र थपलिया र सांसदहरुको उपस्थितिमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।



    न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री लामाले नागरिकको आकांक्षा र महत्वकांक्षालाई समेट्ने गरी सरकार अघि बढेको बताए ।



    सरकारले न्यूनतम साझा कार्यक्रमले विकास निर्माण र नागरिकको आवश्यकतालाई समेट्ने काम गरेको उनले बताए ।

    प्रदेश सरकारले आवश्यकताको आधारमा विकास र सुशासनका कामलाई तीव्रता दिएको मुख्यमन्त्री लामाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार