Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कार्यवाहक प्रधानमन्त्री सिंहले भने – सरकार व्यवस्थित शहर बनाउने दिशामा अघि बढेको छ

    कार्यवाहक प्रधानमन्त्री सिंहले भने – सरकार व्यवस्थित शहर बनाउने दिशामा अघि बढेको छ

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 99
    SHARES

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफुहरु व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेको बताएका छन्।

    सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँगको भेट बोल्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।



    उनले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताए।



    घरजग्गा व्यवसायमा रहेका समस्याहरु पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको भनाई छ ।

    शहर व्यवस्थापनमा भएका समस्याहरु पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको उनले बताए। शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गरिने कार्यवाहक प्रधानमन्त्री सिंहले बताए।

    उनले सरकार र निजी क्षेत्रहरु सबै मिलेर अहिलेको व्यवस्थित, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्नेगरी अघि बढ्न आवश्यक रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार