Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • अवकाश प्राप्त एआईजी ज्ञवालीसहित पाँच जनाले फिर्ता लिए सर्वोच्चमा दायर गरेको रिट

    अवकाश प्राप्त एआईजी ज्ञवालीसहित पाँच जनाले फिर्ता लिए सर्वोच्चमा दायर गरेको रिट

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 579
    SHARES

    काठमाडौं । अवकाश प्राप्त एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिएका छन् ।

    प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका उनीहरुले निवेदन फिर्ता लिएका हुन् ।



    उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।



    सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीलेको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । सर्वोच्च अदालतले उमेर हद्दका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका हुन् ।

    प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ । उनीहरूले सो व्यवस्था हटाउन माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार