Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • आज तीनवटा संसदीय समितिको बैठक बस्दै

    आज तीनवटा संसदीय समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 99
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ ।

    बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।



    त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगति तथा। विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।



    दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार