Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • काभा महिला क्लब च्याम्पियनसिप : पुलिस क्लबले जित्यो उपाधि

    काभा महिला क्लब च्याम्पियनसिप : पुलिस क्लबले जित्यो उपाधि

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 147
    SHARES

    काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

    गएराति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।



    पुलिसले हुमोलाई २५–१६, २५–२२ र २५–२३ ले पराजित गर्दै उपाधि जितेको हो । यसअघि पुलिसले समूह चरणमा लगातार पाँच खेल जितेको थियो ।



    पुलिस क्लबले नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार