Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • माछा मारेर फर्किदै गरेका पाँचजना पक्राउ, लगाएका थिए करेन्ट !

    माछा मारेर फर्किदै गरेका पाँचजना पक्राउ, लगाएका थिए करेन्ट !

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 285
    SHARES

    स्याङ्जा । करेन्ट लगाई माछा मारेको आरोपमा वालिङ नगरपालिकाका-५ जना पक्राउ परेका छन् । बिजुली प्रयोग गरी अवैध तरिकाले माछा मारेको भन्दै उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा वालिङ नगरपालिका-१३ पाठेखोलाका २८ वर्षीय गोपाल जिटी, २५ वर्षीय मनोज साहानी, ४२ वर्षीय प्रमोद साहानी, २८ वर्षीय सन्जय साहानी र ३२ वर्षीय बालकृष्ण साहानी रहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।



    जिटी वडा सदस्य हुन। अन्य ४ जना भने रौतहट जिल्ला घर भई वालिङमाबसी रंगरोगन काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।



    पक्राउ परेका सबैलाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार